आयातको उच्चबृद्धिले मुलुकको व्यापार घाटा ३४ दशमलव ८ प्रतिशतले बृद्धि


१४ बैशाख २०७९, बुधबार २०:०० मा प्रकाशित

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातको उच्चबृद्धिले मुलुकको व्यापार घाटा ३४ दशमलव ८ प्रतिशतले बृद्धि भएको बताउनुभएको छ ।

बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अधिकारीले आर्थिक बर्ष २०७८–७९ को आठ महिनाको अवधिमा आयातमा ३८ प्रतिशतले बृद्धि भएकाले र मुलुकको व्यापार घाटा बृद्धि भएको बताउनुभएको हो ।

निक्षेप भन्दा कर्जा धेरै भएकाले अझै पनि बैंकिङ क्षेत्र तरलता अभाव कायमै रहेको उहाले बताउनुभयो । उहाले चालु आर्थिक वर्ष कृषिजन्य उत्पादनमा हुने केही वृद्धि, बन्दाबन्दीको अन्त्यपश्चात् आर्थिक गतिविधिमा देखिएको सुधार, पर्यटक आगमनमा भएको बढोत्तरी, आन्तरिक तथा बाह्य व्यापारमा भएको वृद्धिलगायतका कारण आर्थिक पुनरूत्थानले गति लिई आर्थिक वृद्धिमा केही सुधार हुने बताउनुभयो ।

त्यस्तै उहाले आर्थिक वर्ष २०७८÷७९ को आठ महिनासम्म विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले कमी आई रु.६३१ अर्ब १९ करोड कायम भएको जानकारी दिनुभयो ।

चालु आवमा राष्ट्र बैंकले धेरै नीतिगत व्यवस्था गरेर अर्थतन्त्रलाई सहज बनाउने प्रयास गरेको दावी गनुुभयो । राष्ट्र बैंकले सुरु गरेको पाँचबर्षे रणनीतिक योजना अन्तर्गत २०२२–२०२६ स्वीकृत भइसकेको जानकारी दिनुभयो । त्यस्तै सूचना प्रविधि माहाशाखालाइ बिभाग बनाइएको र अन्य सुधारका काम गरेको दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here