निर्वाचन आयोगले सोध्यो मन्त्री झाँक्रीलाई स्पष्टीकरण


१४ बैशाख २०७९, बुधबार १५:४४ मा प्रकाशित

 काठमाडौं । शहरी विकासमन्त्री तथा नेकपा (एस)की नेता रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

आचारसंहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेकी थिइन् । यसै विषयमा स्पष्टीकरण सोधिएको आयोग स्रोतले जनाएको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here