मोरङ, बैशाख १४ । मोरङको सुन्दरहरैचा नगरपालिका १० मा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३८ बर्षीय कृष्ण मुखिया रहेका छन् ।
मङ्गलबार राती ११ बजे एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई मुखिया घाईते भएका थिए । घाईते भएका मुखियाको स्थानिय अस्पतालमा उपचार पश्चात घर आएकोमा राति नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।





