गठबन्धनको निर्णयअनुसार मनोनयन दर्ता गर्न निर्देशन


१२ बैशाख २०७९, सोमबार १३:३३ मा प्रकाशित

काठमाण्डौ । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णयअनुसार मनोनयन दर्ता गर्न निर्देशन दिएको छ ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णयअनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आ–आफ्नो दलको संयन्त्रमार्फत निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले देशैभरि पाँच दलको एउटै उम्मेदवार हुने पनि बताउनुभयो ।

मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरीत उम्मेदवारी दर्ता गराउनेलाई पनि सहमतिमा ल्याउने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here