काठमाण्डौं । बिभिन्न माग राखेर आन्दोलित भएको निर्माण ब्यवसायीहरुले आइतबारदेखि निर्माणका काम बन्द गरेका छन ।
ब्यवसायीहरुले मुल्य वृद्धिका कारण काम गर्न सक्ने अवस्था नभएकाले मुलुकभर निर्माणाधीन ३ हजार ५ सय साना ठुला आयोजनाको काम बन्द गरेर कन्सट्रक्सन होलिडे शुरु गरेका छन ।
महासंघका अध्यक्ष रबि सिंह पुलको निर्माण, सडक कालोपत्रे, नदी नियन्त्रण बाहेकका ३ हजार ५ सय आयोजनाहरुमा काम बन्द गरेको जानकारी दिनुभयो ।
उहांले भन्नुभयो पेट्रोलियम पदार्थ डिजेल, बिटुमिन, पेट्रोल, ग्यांस फलामजन्य निर्माण सामग्रीहरु छड, ग्याबिन तार, पाता, आइरन ब्लेड लगायतका विभिन्न निर्माण सामग्रीको अप्रत्यासित रुपमा अत्यधिक मूल्य वृद्धि भएको छ र यसको समायोजनमा सरकार उदासिन देखिएको ले बाध्यता पुर्वक बन्दका कार्यक्रम अगाडी सार्नु परेको कताउनु भयो ।
कन्स्ट्रक्सन होलिडेस सुरु भएपछि १३ वैशाखदेखि जिल्ला स्थित निर्माण व्यवसायी संघहरुले आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र ७ वटै प्रदेश महासंघहरुले आ–आफ्ना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म दैनिक एक घण्टाका दरले धर्ना दिने कार्यक्रम छ ।





