फ्रान्सको राष्ट्रपतिमा इमानुएल म्याक्रोन दोस्रो पटक निर्वाचित


१२ बैशाख २०७९, सोमबार ०८:५९ मा प्रकाशित

फ्रान्सको राष्ट्रपतिमा इमानुएल म्याक्रोन लगातार दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा म्याक्रोनले मारिन ले पेनलाई पराजित गर्नुभएको हो ।

आइतवार सम्पन्न मतदानपछिको प्रारम्भिक अनुमानमा म्याक्रोनले ५८ दशलव ८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

प्रतिद्वन्द्वी मारिन ले पेनले ४१ दशमलव २ प्रतिशत मात्रै मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

ले पेनमाथि म्याक्रोनको जित अपेक्षित नै बताइएको थियो।

च्याम्प डे मार्स पार्क बाहिरको विशाल स्क्रिनमा म्याक्रोनको विजयको खबर बाहिरिएपछि उनका समर्थकहरू जम्मा भएका थिए।

समर्थकहरूले एकअर्कालाई अँगालो हालेर र म्याक्रोनको नाममा नारा लगाएर खुसी व्यक्त गरेका थिए ।

म्याक्रोन दुई दशकमा दोस्रो पटक चुनाव जित्ने पहिलो फ्रान्सेली राष्ट्रपति हुन्।

तर, दोस्रो पटक यो पद सम्हाल्ने उनी देशको तेस्रो राष्ट्रपति हुनुहुनेछ ।

म्याक्रोनअघि फ्रान्सका दुई राष्ट्रपतिले मात्रै लगातार दोस्रो कार्यकाल जित्न सकेका थिए।

इतिहास रचेपछि म्याक्रोनले आफ्नी पत्नी ब्रिजिट र उनीहरूका छोराछोरीसँगै एफिल टावर नजिकै च्याम्प डे मार्समा सजाइएको मञ्चमा पुगेर राष्ट्रिय गान गाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here