महाभूकम्पको सात वर्ष पूरा


१२ बैशाख २०७९, सोमबार ०८:५२ मा प्रकाशित

गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको आज (सोमबार) सात वर्ष पूरा भएको छ ।

२०७२ सालको वैशाख १२ गते आजकै दिन विनाशकारी महाभूकम्प गएको सात वर्ष पूरा भएको हो । भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने भौतिक संरचनामा पनि अभूतपूर्व क्षति पुर्याएको थियो ।

बितेका सात वर्षमा सरकारले अधिकांश ब्यक्तिगत घरहरुको पुनर्निर्माण गरेको छ भने धरहरा, वसन्तपुर दरवार, काष्ठमन्डप लगायतका सम्पदाको पनि पुुनर्निर्माण गरिएको छ ।

केही अझै पुनर्निर्माणको क्रममा छन । सरकारले १९ वटा जिल्लामा एकीकृत नमुना बस्ती निर्माण पनि गरेको छ । अधिकांश एकीकृत नमुना बस्ती भने असफल योजना जस्तै बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here