उम्मेदवारी दर्ताको समय आज र भोलि


११ बैशाख २०७९, आईतवार ०८:०३ मा प्रकाशित

झापा। स्थानीय तह निर्वाचनका लागि देशका ७ सय ५३ वटै पालिकाबाट उम्मेदवार बन्न चाहनेहरूले आजदेखि उम्मेदवारी दिन सक्नेछन्।

निर्वाचन आयोगले आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ।

सम्बन्धित पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमार्फत् बिहान १० बजेदेखि ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ।

भोलीसम्म बेलुका मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गन निर्वाचन आयोगले बताएको छ ।

त्यस्तै वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तय गरिएको छ।

यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले तयारी गरेको छ ।

वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here