काठमाण्डौ। नेकपा एमालले अध्यक्ष केपि शर्मा ओली निवास बालकोटमा सचिवाालय बैठक बोलाएको छ ।
बैठकमा उम्मेदवारको मापदण्ड साथै पालिका चुनावका लागि ६ महानगर र ११ उपमहानगरको उम्मेदवारको टुङगो लगाउने बिषयमा छलफल हुने एमाले प्रचार विभागका प्रमुख विष्णु रिजालले जानकारी दिनु भयो ।
एमालले सचिवालयको बैठक बिहिबार दिउसो एक बजे लाई बोलाइएको छ । हिजो मात्रै सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाए सगैं समायोजन र चुनावमा गठबन्धनको उमेदवार लाई हराउन सक्न मेयर र उपमेयरको छनोटका बिषयमा पनि छलफल हुने एमाले सचिवालयले जनाएको छ ।
यस अघि बसको एमालेको सचिवालयको बैठकले चुनावी घोषणापत्रको मस्यौदालाई अनुमोदन गरेको थियो ।
एमालेले पार्टी स्थापना दिवसको अवसरमा भोलि एकैसाथ केन्द्रबाट घोषणा पत्र र पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।





