ललितपुर । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ । अरु ७ जना घाइते भएका छन् ।
औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा बिहान विष्फोट भएको र अहिले उद्धारको काम चलिरहेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
ललितपुरमा अवस्थित अक्सिजन प्लान्टमा विष्फोटन हुदा , एक जनाको मृत्यु, सात घाइते
८ बैशाख २०७९, बिहीबार ११:४९ मा प्रकाशित





