चीनमा कोरोनाबाट तीन दिनमा १७ जनाको मृत्यु


७ बैशाख २०७९, बुधबार १०:५३ मा प्रकाशित

काठमाडौं । चीनको सांघाईमा कोरोनाबाट बुधबार थप सात जनाको मृत्यु भएको छ ।

योसँगै सांघाईमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको सांघाईको स्वास्थ्य आयोगले जनाएको छ।

तीब्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ ।

पछिल्लो पटक मृत्यु भएका सातै जना दीर्घरोगी भएको बताइएको छ ।

अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए ।

मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेका बताइएको छ ।

यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् ।

कोरोना महामारी फैलिएपछि सांघाईमा तीन सातादेखि लकडाउन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here