इजलासले मनायो छैठौँ बार्षिकोत्सव


३ बैशाख २०७९, शनिबार २०:१९ मा प्रकाशित

बिर्तामोड। झापाको बिर्तामोडमा कार्यालय रहेको टाइम्स मिडिया नेटवर्कको प्रकाशन इजलासले छैठौँ बार्षिकोत्सव मनाएको छ । २०७४सालबाट प्रकाशन आरम्भ गरेको इजलासले शनिबार बिर्तामोडमा एक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो ।

बार्षिकोत्सवमा बोल्दै कार्यक्रममा प्रमुख अतिथी पूर्व मन्त्री अग्नी खरेलले मिडिया राज्य संचालनका लागि महत्वपूर्ण हुने बताउनुभयो । समय परिवर्तशिल भएकोले सञ्चारको आवश्यकता अनुरुप प्रविधि मैत्री बन्नु पर्नेमा जोड दिनुुभयो । एमाले झापा जिल्ला इञ्चार्जसमेत रहनुभएका खरेलले राज्य र व्यक्ति दुवैका लागि मिडिया आवश्यक रहेको बताउनुभयो । पञ्चायती व्यवस्थाको उत्तरार्धमा स्वतन्त्र प्रेस माथि राज्यले अंकुश लगाएको स्मरण गर्दै लोकतन्त्रमा प्रेस स्वतन्त्र रहेको खरेलको भनाई थियो ।
कार्यक्रमा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटि झापाका सदस्य मोहन काजीले सञ्चार क्षेत्र मुलुकको विकासको आधार हो भन्ने कुरा व्यवहारमा महशुस गर्न नपाइएको बताउनुभयो ।

सामाजिक रुपमान्तरण र मुलुकको समग्र विकासको लागि सञ्चारको महत्वपूर्ण भूमिका हुने काजीको भनाई थियो । त्यस्तै सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले सञ्चारमाध्यमले पत्रकारितालाई नयाँ स्वरुपमा लैजानु पर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले पत्रकारिताको इतिहास स्मरण गर्दै इजलासले समाजमा सकारात्मक सन्देश दिन खोजेको धारणा राख्नु भएको थियो ।प्रदिप परियार सम्पादक रहनुभएको इजलास दैनिक पत्रिका र अनलाइन प्रकाशन गर्दै आएको टाइम्स मिडिया नेटवर्कको अध्यक्ष नारायण पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थापनाकालदेखि कम्युटर अपरेटरको रुपमा कार्यरत क्षेत्रलाल राजबंशीलाई ५ हजार १ सय रुपैयाँ र प्रमाणसहित बर्षोत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरीएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here