बेलायतका प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध


४ बैशाख २०७९, आईतवार ०९:१६ मा प्रकाशित

रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको समाचार संस्था एएनआईले जनाएको छ ।

बेलायतले आफ्नो देश विरुद्ध विभिन्न गलत गतिविधि गरेको रुसको आरोप छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले विरोध गर्दै आइरहेको छ ।

बेलायतले युक्रेनलाई सहयोग समेत गर्दै आएको छ ।

आक्रमणको विरोधमा विभिन्न देशले रुसी अधिकारीलाई देश निकाला गरिरहेका बेला रुसले पनि बेलायतका उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्धको घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here