केन्द्रीय सदस्य लोकवन्धु कन्दङ्गवासहित २७५ जनाले एकीकृत समाजवादी छोडे


३ बैशाख २०७९, शनिबार १८:३३ मा प्रकाशित

झापा । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लोकवन्धु कन्दङ्गवासहित झापाका २७५ जनाले पार्टी परित्याग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रेस विज्ञप्ती जारी गर्दै कन्दङ्गवाले केन्द्रिय सल्लाहकार गोपिचन्द्र गिरी,जिल्ला कमिटि सदस्य प्रकाश पुरी,महेन्द्र प्रसाद खरेल,गीता कँडेल सहित २७५ जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ ।

विज्ञप्तीमा एकीकृत समाजवादी पार्टीले व्यवहारिक,सैदान्तिक,आर्थिक लगायत कुनै पनि दृष्ट्रिकोणले पार्टी फुटको औचित्य प्रमाणित गर्न नसकेको,एमसिसि परीयोजनालाई संसदबाट पास गर्न सहयोग पुर्याएर राष्ट्रघाति र नवप्रतिगामि कित्तामा राखेको हुनाले आफुहरुले पार्टी परित्याग गरेको उल्लेख गरीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here