जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान नेपालका लागि उपयोगी छः परराष्ट्रमन्त्री खड्का


३ बैशाख २०७९, शनिबार १३:५५ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताउनु भएको छ ।

नेपाल जाईका अलमनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताउनु भयो ।

उहाँले जापानले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको पनि खेलेर प्रशंशा गर्नु भयो ।

भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा ठूलो मानवीय सेवाको क्षेत्रको काम गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here