तोकिएको मितिमा चुनाव नभए देश दुर्घटनामा जान्छः प्रमुख निर्वाचन आयुक्त


३ बैशाख २०७९, शनिबार १३:४४ मा प्रकाशित

जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी बैशाख ३० का लागि ताेकिएकाे स्थानीय तह चुनावकाे मिति यताउता गर्न नहुने बताउनुभएकाे छ ।

जनकपुरमा आयोजित निर्वाचनसबन्धी मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले तोकिएको मितिमा निर्वाचन हुनुपर्ने बताउनुभयाे । ताेकिएकाे मितिमा चुनाव नभए देश र लाेकतन्त्र नै दुर्घटनामा पर्ने उहाँले बताउनुभयाे ।

‘घोषित मितिको निर्वाचन रोकिए मुलुक र लोकतन्त्र दुवै दुर्घटनामा पर्छ, त्यसैले निर्वाचन रोकिनु हुन्न’- प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयाे । धमाधम तयारी भइरहेकै बेला चुनाव हुँदैनकी भन्ने खालका अभिव्यक्ति आउनु उचित नभएकाे उहाँले बताउनुभयाे ।  निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न आयाेग तयार रहेकाे पनि उहाँले बताउनुभयाे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावी आचारसंहिता सबैले पालना गर्नुपर्ने बताउनुभयाे । आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरिने उहाँले बताउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here