रुस– युक्रेन आक्रमणबाट एक करोड १० लाखभन्दा नागरिक विस्थापित


३ बैशाख २०७९, शनिबार ११:२९ मा प्रकाशित

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमणका कारण एक करोड १० लाखभन्दा धेरै नागरिक विस्थापित भएका छन् ।आक्रमण सुरु गरेको आज ५२ दिन पूरा भएको छ ।

हजारौँ नागरिक युद्धग्रस्त क्षेत्रमा फसेका अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गएको फेब्रुअरी २४ मा युक्रेनमा ‘विशेष सैन्य कारबाही’को घोषणा गरेपछि आक्रमण सुरु भएको हो ।

युक्रेनको राजधानी किएभसहितका मुख्य सहरमा ठूलो क्षति पुगेको छ । युक्रेनको सेनाले कम्तीमा १९ हजार ६ सय रुसी सैनिकको ज्यान गएको दाबी गरेको छ । तर यो दाबीको पुष्टि हुन सकेको छैन । त्यस्तै, झन्डै १४ हजार युक्रेनी सैनिक मारिएको रुसी रक्षा मन्त्रालयले उल्लेख गरेको थियो ।

दुवै पक्षका सयौँ लडाकु विमान, हेलिकप्टर, ट्याङ्क, बख्तरबन्द गाडी ध्वस्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here