पाल्पामा बस दुर्घटना : दुई जनाको ज्यान गयो, चार बालबालिका गम्भीर घाइते


३ बैशाख २०७९, शनिबार ११:२९ मा प्रकाशित

 पाल्पा । पाल्पामा हिजाे बेलुका भएकाे बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । चार जना बालबालिका गम्भीर घाइते भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवाका लागि छुटेको ग १ ख ४९०२ नम्बरको बस  सडकदेखि झन्डै ४ सय मिटर तल खसेकाे हाे ।

दुर्घटनामा गाडीका चालक छहरा–६ धारापानीका ४२ वर्षका वेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जीसी र अशोकलाई जिल्ला अस्पताल पाल्पाले आज बिहान मृत घोषित गरेको हो ।  घाइते ७ वर्षका रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षकै रोमन घर्ती र ९ वर्षका खिमबहादुर घर्तीको प्रभास तानसेनमा रहेकाे लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनीहरु सबैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । दुर्घटनाकाे कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here