भोलिसम्म स्थानीय तहको तालमेलको टुंगो लाग्छ : प्रचण्ड


३ बैशाख २०७९, शनिबार ११:२० मा प्रकाशित

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार)सम्ममा लागिसक्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज शनिबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजै (शनिबार) साँझसम्ममा खाका तयार हुने बताए ।

उनले गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’

निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here