काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा आजदेखि सार्वजनिक गाडीको भाडा बढ्यो


१ बैशाख २०७९, बिहीबार ११:३६ मा प्रकाशित

काठमाण्डौ। काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा आजदेखि सार्वजनिक गाडीको भाडा बढेको छ ।

अब काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ पुगेको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो । न्यूनतम भाडा १८ रुपैयाँ भए पनि यात्रु २० रुपैयाँ तिर्न बाध्य थिए ।

त्यस्तै १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २ सय मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ ।

पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने गरिन्छ ।

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार भाडादर समायोजन गरिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here