नारी कल्याण समाज अर्जुनधाराद्वारा झापाको कचनकवल गाउँपालिकाका ९ वटा बिद्यालय लाई सहयोग


२८ चैत्र २०७८, सोमबार २०:३७ मा प्रकाशित

कचनकवल । नारी कल्याण समाज अर्जुनधाराले झापाको कचनकवल गाउँपालिकाका ९ वटा बिद्यालयमा भवन, शौचालय र खानेपानी स्टेसन निर्माण तथा मर्मत गरिदिएको छ ।गुड नेभर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्मीत संरचनाको साँचो सोमबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

समाजले गाउँपालिकाका जानकी आधारभूत बिद्यालय पाठामारी, लक्ष्मी प्र्रसाद देवकोटा मा.वि.सुकुनाडिगी, महेन्द्र मा.वि.केचना र बुद्व मा.वि.घेराबारीमा नयाँ बिद्यालय भवन, शौचालन र खानेपानी स्टेसन निर्माण गरेको हो । यो सँगै मोती मा.वि., शिव मा.वि., जनता मा.वि., जानकी मा.वि. र सरस्वती आधारभूत बिद्यालयमा शौचालय मर्मत र खानेपानी स्टेसन निर्माण गरिको बताइएको छ ।कार्यक्रमका प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले लाभान्वित बिद्यालयहरुलाई साँचो हस्तान्तरण गर्नुभएको थियो ।

समाजकी अध्यक्ष कमला उप्रेतीको अध्यक्षतामा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख छबिलाल बस्नेत, शिक्षक सुभद्रा अधिकारी, सैपूmदिन आलम, प्रमुख अतिथि आलम लगायतले बोल्नुभएको थियो । लाभान्बित बिद्यालयहरुले समाजप्रति धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताउँदै मायाको चिनो प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here