झापा । कन्काइ आर्यघाटमा स्नान घर, किरियापुत्री घर र मलामी विश्रामघरको निर्माण भएको छ।
झापाको कन्काइ नगरपालिका ५ स्थित कन्काइ नदीमा मारवाडी सेवा समिति, समाजसेवीहरु बेदप्रकाश अग्रवाल र पवन खेडियाले निर्माण गरिदिएको स्नान घर, मलामी विश्राम घर तथा किरियापुत्री घर उद्घाटन गरिएको हो ।
झापाका व्यासाचार्य तथा धार्मिक गुरु किशोर गौतमले शुक्रवार एक कार्यक्रमका विच विश्राम घर र स्नान घरको उद्घाटन गर्नूभएको कन्काइ घाट समितीको महसचिव सुर्य उप्रेतीले जानकारी दिनुभयो ।
कनकाइ घाट समितीको पाँचौ अधिवेसनको अवसर पारेर आर्यघाटमा निर्माण गरिएको स्नान घर, किरियापुत्री घर तथा आश्रम घरको उद्घाटन गरिएको हो ।
सोही स्थानमा रहेको किरिया पुत्री घर झापा बिर्तामोडका समाजसेवी बेदप्रकाश अग्रवालले करिब १५ लाख रुपैयाँको लागतमा बनाइदिनु भएको हो ।
मारबाडी सेवा समाज विर्तामोडले कन्काइ घाट समितीलाइ उक्त विश्राम घर र स्नान घर हस्तान्तरण गरिएको निर्माणकर्ता पवन खेडियाले बताउनुभयो ।