बिर्तामोड नगरपालिकाः एमालेको उम्मेद्वारका लागि मेयरमा पवित्रा र उपमेयरमा देवराजलाई सर्वाधिक मत


२६ चैत्र २०७८, शनिबार ०८:४४ मा प्रकाशित

झापा । झापाको बिर्तामोड नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेको आन्तरिक मतदानमा बर्तमान उपमेयर पवित्रा महतारा प्रसाईंले सर्वाधिक मत ल्याउनु भएको छ।

दोस्रो नम्बरमा प्रदेश सांसद एकराज कार्की र तेस्रो नम्बरमा बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला रहनु भएका पार्टीका नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिनु भयो।

मेयरका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी, उपमेयर पवित्रा महतारा प्रसाई, प्रदेश सांसद एकराज कार्की, उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले उम्मेद्वारीमा आकांक्षा राख्नु भएको थियो।

उपमेयरमा देवराज कार्कीले मत ल्याउनु भएको छ। दोस्रो नम्बरमा भीमा शिवाकोटी र तेस्रो नम्बरमा गणेश पोखरेल रहनु भएको छ। उपमेयरका लागि बद्री भट्टराई, देवराज कार्की, गणेश पोखरेल, प्रविण पोखरेल र भीमा शिवाकोटीले इच्छा राखेर निवेदन दिनु भएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here