काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ। निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ।
अब पेट्रोल प्रतिलिटर १६० रूपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पर्नेछ।
हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ भने (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ ।





