काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता जीवन सिग्देल र अस्मिता डल्लाकोटीको समूहले जितेको छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद २ लाख २५ हजार, दोस्रो हुनेले नगद १ लाख ५० हजार, प्रमाणपत्र, मेडल तथा तेश्रो स्थान हासिल गर्नेलाई नगद १ लाख नगद, प्रमाणपत्र, मेडल प्रदान गरियो ।
सान्त्वना स्थान हासिल गर्नेलाई नगद ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।





