त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधिका लागि नेपाल र पपुवा न्युगिनीबीच खेल सुरु


२१ चैत्र २०७८, सोमबार १२:५० मा प्रकाशित

काठमाण्डौ । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी खेल्दैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु खेलमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेको नेपालले ब्याटिङ गर्दैछ । नेपालले समूह चरणमा दुई वटै खेलमा पीएनजीलाई हराएको थियो । ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनलमा पुगेको हो ।

पपुवा न्युगिनीले भने उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । मलेसियालाई नेट रनरेटमा पछि पार्दै पपुवा न्युगिनी फाइनलमा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here