कृषिका लागि कोरियाले माग्यो १२ हजार आप्रवासी कामदार


२१ चैत्र २०७८, सोमबार ११:५४ मा प्रकाशित

कोरिया । दक्षिण कोरियाले यस बर्षको मध्यसम्ममा कृषि क्षेत्रमा काम गर्नका लागि १२ हजार आप्रवासी कामदार कोरिया लैजाने भएको छ।

देशमा आमन्त्रित कुल १२ हजार ३ सय ३० आप्रवासी कामदारहरू मध्ये, फिलिपिन्सबाट १ सय जना कामदार सोमबार कोरिया आइपुगेका छन, २ सय कामदार बुधबारसम्म आउने छन्।

दि कोरिया टाइम्स्का अनुसार न्याय मन्त्रालयले विशेषगरी कृषि र माछा मार्ने कामका लागि यही बर्षको जुनसम्ममा ती कामदारहरु आफ्नो देशमा प्रवेश गराउने भएको छ।

याङगु काउन्टी सरकारले ३ सय फिलिपिनो कामदारहरूलाई पूर्वी ग्याङ्वोन प्रान्तको व्यस्त खेतीको सिजन अघिनै निमन्त्रणा गरेको छ।

गत साता न्याय मन्त्रालयले देशमा १ लाख ३० हजार भन्दा बढी आप्रवासी कामदार र ९ सय ५० जना माछा मार्ने जहाज चालक दलका लागिका सदस्यहरुको बसाई अवधि थप्ने निर्णय पनि गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here