पिकअप भ्यानको ठक्करबाट झापा गरामनीको दुर्गा माविका शिक्षक निरौलाको मृत्यु


१९ चैत्र २०७८, शनिबार ०७:३४ मा प्रकाशित

झापा । सवारी साधनको ठक्करबाट शनिबार बिहानै मर्निङवाकमा निस्केका झापाका एक जना शिक्षकको मृत्यु भएको छ।

शनिवार बिहान पिकअप भ्यानले ठक्कर दिँदा दुर्गा मावि गरामनीका शिक्षक कृष्णप्रसाद निरौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पुस्पलाल चोक नजिकै प्र १-०१-००१ च ५१०७ नम्बरको पिकअप भ्यानले शिक्षक निरौला र संगै रहेका अर्जुन उप्रेतीलाई ठक्कर दिएको थियो। उप्रेतीको उपचार भइरहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here