झापा । राजश्व अनुसन्धान कार्यालय इटहरीले बिर्तामोडको एक पसलमा मारेको छापाका विषयमा वार्ता गर्ने सहमति भएपछि बिर्तामोडका व्यवसायीले अवरुद्ध गरेको यातायात सञ्चालनमा आएको छ।
बिहीबार झापाको बिर्तामोडस्थित शनिश्चरे रोडमा रहेको साह कपडा पसलमा सिल गरेपछि बिर्तामोडका व्यवसायीले यातायात अवरुद्ध गरेका थिए। पसल सिल गरेको विरोधमा बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी नै सडकमा निस्किएका थिए।
संघका महासचिव अर्जुन मैनालीका अनुसार प्रमुख जिल्ला अधिकारी छविराज रिजालले शुक्रवार विहान ८ बजे वार्ता गर्न बताएपछि अवरुद्ध गरिएको यातायात सञ्चालनमा आएको छ।





