महिला सवालमा केन्द्रित पत्रकारिता तालिम सम्पन्न


१७ चैत्र २०७८, बिहीबार १३:४७ मा प्रकाशित

झापा । आगामी बैशाख ३० गतेलाई तय भएको स्थानीय तह निर्वाचन केन्द्रित महिलाको सवाल विषयक दुई दिने खोजमुलक पत्रकारिता तालिम सम्पन्न भएको छ ।

नारी सञ्चार गृह झापाले झापाको विर्तामोडमा आयोजना गरेको तालिमलाई वरिष्ठ पत्रकार बबिता बस्नेतले सहजीकरण गर्नु भएको थियो ।

तालिममा स्थानीय निर्वाचनमा महिलाका मुद्दाहरु, उम्मेद्वारले उठाउनु पर्ने मुद्दाहरु, मिडियाले खेल्नु पर्ने भुमिका, महिलाको भुमिका, सहभागिता सवाललगायत विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रशिक्षक बस्नेतले मिडियाले राज्यका के कस्ता नीति कार्यान्वयन भए वा भएनन् भन्ने बारेमा समीक्षा गर्नु पर्ने बताउनु भयो ।

प्रदेश निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रममार्फत बिर्तामोड नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा जिल्लाका ४५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here