सत्ता गठबन्धन बैठकको निर्णयः चुनावमा एकताबद्ध भएर जाने, तीनवटै तहमा संयन्त्र निर्माण गर्ने


१७ चैत्र २०७८, बिहीबार १२:४० मा प्रकाशित

काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो ।

बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

साथै चुनावी तालमेलका लागि तीनवटै तहमा संयन्त्र निर्माण गर्ने गठबन्धनको बैठकले निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here