सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ अनुमोदन हुँदै


१५ चैत्र २०७८, मंगलवार ०८:४४ मा प्रकाशित

काठमाडौ, १५ चैत । संघीय संसद्को‍ संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तीलप्रसाद श्रेष्ठकाे नाम आज अनुमोदन गर्दैछ ।

समितिले आह्वान गरेकोे समयसीमाभित्र कुनै पनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनवाइ समितिको आजको बैठकले अनुमोदन गर्न लागेको हो ।

समितिको बैठकमा आमन्त्रण गरेर स्वतः अनुमोदन भएको निर्णय सभापति लक्ष्मणलाल कर्णले सुनाउने कार्यक्रम तय भएको छ । संसदीय सुनवाइको प्रचलन आएपछि कुनै पनि उजुरी नपरेका श्रेष्ठ सर्वोच्च अदालतका लागि एक्ला न्यायाधीश हुनुहुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here