काठमाडौं, १५ चैत । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले मंगलबारबाट टोल फ्री नम्बर सञ्चालन गर्ने भएको छ ।
निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रीका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।
आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्नसमेत भएकाले मंगलबारवाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो ।
३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ । आयाेगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनाेट गरिसकेकाे छ ।





