बिर्तामोड एजुकेशन फाउण्डेसन छैठौं वर्षमा प्रवेश


२३ फाल्गुन २०७८, सोमबार १७:४५ मा प्रकाशित

झापा, फागुन २३ । झापाको बिर्तामोडमा रहेको शैक्षिक परामर्श केन्द्र ‘बिर्तामोड एजुकेशन फाउण्डेसन प्रा.लि ’ स्थापनाको छैठौं वर्षमा प्रवेश गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने उद्देश्यले २०७३ चैत २४ गते बिर्तामोड एजुकेशन फाउण्डेसन स्थापना भएको थियो ।

इलामको फिक्कल र झापाको चारआलीमा फाउण्डेशनले शाखा कार्यालय स्थापना गरेको फाउण्डेशनका अध्यक्ष राजकुमार कार्कीका बताउनु भयो । विसं २०७५ मा चारआली र २०७६ मा फिक्कलमा शाखा कार्यालय स्थापना गरी विद्यार्थीलाई आवश्यक सैक्षिक परामर्श सेवा प्रदान गरिरहेको अध्यक्ष कार्कीले बताउनु भयो । फाउण्डेशनको मुख्य कार्यालय भने बिर्तामोडको भद्रपुर रोडमा रहेको छ ।

बिर्तामोड एजुकेशन फाउण्डेसनले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया तथा यूरोपियन मुलुक जान चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । फाउण्डेशनले जापानिज, इङ्लिश, कोरियन भाषा प्रशिक्षणका साथै कम्प्युटर कक्षा र आईएलटीएस कक्षासमेत सूचारु गरिरहेको छ ।

कोरोना कहरका कारण शैक्षिक परामर्श केन्द्रहरुलाई ठूलो असर परेको भन्दै यस्तो जटिल अवस्थामा पनि सहयोग गर्ने सबैलाई अध्यक्ष कार्कीले धन्यवाद दिनु भयो ।इक्यान झापाका सचिव कार्कीले भरपर्दो शैक्षिक परामर्श केन्द्रको रुपमा ‘बिर्तामोड एजुकेशन फाउण्डेसन प्रालि’ले सबैको मन जित्न सफल भएको उल्लेख गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here