निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलनको काम स्थगित


२५ माघ २०७८, मंगलवार ११:३२ मा प्रकाशित

झापा, माघ २५ । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । सरकारले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको हो ।

निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता नामावली संकलन गर्ने कार्यालयहरुलाई आजदेखि मतदाता नामावली संकलन रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिनुभयो ।

आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ । कानुनी व्यवस्था अनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो ।

हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here