स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय


२४ माघ २०७८, सोमबार १७:३० मा प्रकाशित

सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो।

सरकारले भने मतगणना गरी नयाँ जनप्रतिनिधि आउन लाग्ने समयलाई ख्याल गर्दै बैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here