जग्गा दिलाइ दिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ


२४ माघ २०७८, सोमबार १४:३५ मा प्रकाशित

झापा, माघ २४ । सुकुम्बासीलाई जग्गा दिलाइ दिने भन्दै रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भूमि आयोगको मान्छे हुँ भन्दै गठी गर्ने झापा भद्रपुर घर भै हाल काठमाडौको टोखा नगरपालिका बस्ने ३८ वर्षीय नारायण चौधरी र बुढानिलकण्ठ – ४ घर भएका ४४ वर्षीय उद्धव भण्डारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले सुकुम्वासीलाई जग्गा दिने भन्दै फारम भराएर प्रतिब्यक्ति ५० हजार रुपैयाँ उठाउँदै गरेको अवस्थाका बालाजु वृत्तबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साथबाट प्रहरीले निवेदन फारम ,ल्यापटप, प्रीन्टर र विभिन्न ब्यक्तिहरुको फोटो बरामद गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here