आज नर्सिङ दिवस मनाइँदै


१५ माघ २०७८, शनिबार ११:३२ मा प्रकाशित

काठमाण्डौ, माघ १५ । नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ ।

नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो । नेपालमा बर्सेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन ।

उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु स्वयम्सेवीका रुपमा काम गर्न बाध्य रहेका छन् । जसले गर्दा उनीहरुको पेसागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here