ईलाम, माघ १३ । ईलामको रोङ गाउँपालिका–४ मा बिहीबार बिहान भएको पिकअप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
बिहान पौने ६ बजेको समयमा झापाबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा पिकअपमा सवार मेचिनगर नगरपालिका–४ झापाका ५५ बर्षीय रमेश थापा र ४० बर्षीय सुर्यवहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका मेचिनगर नगरपालिका–४ झापाका ३३ वर्षीय पिकअप चालक अर्जुन कोइरालाको बिएण्डसी अस्पताल झापामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।





