दक्षिण कोरियामा ओमिक्रोनबाट दुई जनाको मृत्यु


२० पुष २०७८, मंगलवार ११:५९ मा प्रकाशित

एजेन्सी । दक्षिण कोरियामा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई जनाको मृत्यु भएको छ । राजधानी सोलबाट तीन सय ३० किलोमिटर टाढा ग्वान्जौमा सङ्क्रमितको मृत्यु भएको हो ।

दक्षिण कोरियाका सरकारी अधिकारीहरूले दुई जनाको ज्यान गएको पुष्टि गरी सङ्क्रमणबारे थप चिन्ता व्यक्त गरेका समाचार संस्था सिन्ह्वाले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले पनि महामारीको रूप लिन सक्ने स्वास्थ्य अधिकारीहरुको भनाइ छ । ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको थियो ।

दक्षिण अफ्रिकाले गएको नोभेम्बर २४ मा नयाँ भेरियन्टबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएको थियो । लगत्तै विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’का रूपमा घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here