त्रिभुवन विश्वविद्यालयले सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउँदै


५ पुष २०७८, सोमबार १४:४१ मा प्रकाशित

काठमाण्डौ त्रिभुवन विश्वविद्यालयले सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउँदै छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्नु हुनेछ ।

दीक्षान्त समारोहमा यसपालि एमफिल र पीएचडी उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । २०७७ साल असार १ गतेदेखि २०७८ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी आज दीक्षित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

स्नातक तहका विद्यार्थीलाई भने परीक्षा नियन्त्रण कार्यालयबाट प्रमाणपत्र मात्रै उपलब्ध गराइनेछ । उनीहरुले चाहेमा गाउन तथा स्कार्फ भने उपलब्ध गराइने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here