काठमाडौँ मंसिर १६ । कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै दक्षिण अफ्रिकामा कोभिडका बिरामी तीव्र रुपमा बढेका छन् ।
पछिल्लो समयभन्दा त्यहाँ कोभिड विरामीको संख्या दोब्बरले बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
पछिल्लो २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेरियन्ट ओमिक्रोनका कारण कोभिड बिरामी बढेको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।
निकै घातक मानिएको यो भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नै देखिएको थियो । पछिल्ला दिनमा अमेरिका, नाइजेरिया, भारत, क्यानडालगायतका देशमा यो भाइरस देखिएको छ । अमेरिका र नाइजेरियमा दक्षिण अफ्रिकाबाट फर्किएका एक एकजनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।





