सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै


६ मंसिर २०७८, सोमबार ११:२१ मा प्रकाशित

काठमाण्डौ, मंसिर ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् ।

दुवै टिम आज सुखद सुरुवात गर्ने दाउमा छन् । यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी र न्युरोड टिम (एनआरटी) खेल्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here