काठमाडौं, मंसिर ७ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ ।
आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहनु भएका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको हो ।
उँहाकी पत्नी कांग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । डडेल्धुरामा भीमबहादुर साउँद जिल्ला सभापतिमा विजयी हुनुभएको छ । डडेल्धुराबाट देउवासहित २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।





