१२ देखि १८ वर्षमुनिका बालबालिकालाई फाइजर खोप दिइने


५ मंसिर २०७८, आईतवार ११:२३ मा प्रकाशित

झापा, मंसिर ५ । दीर्घ रोग नभएका १२ देखि १८ वर्षमुनिका बालबालिकाले पनि कोभिडविरुद्धको फाइजर खोप लगाउन पाउने भएका छन् ।

आजदेखि १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार खोपका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । जन्मदर्ता वा परिचय खुल्ने सरकारी कागजात लिएर तोकिएको अस्पतालमा गए १२ देखि १८ वर्ष मुनिका बालबालिकाले खोप पाउने छन् ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो । यसको दोस्रो मात्रा ४ साता पछि अर्थात २७ मंसिरदेखि २ पुस सम्मका लागि तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here