आज विश्व टेलिभिजन दिवस मनाइँदै


५ मंसिर २०७८, आईतवार ११:१३ मा प्रकाशित

झापा, मंसिर ५ । विभिन्न कार्यक्रम गरी आज विश्व टेलिभिजन दिवस मनाइँदै छ ।

सन् १९९६ मा बसेको संयुक्त राष्ट्रसङ्घको महासभा बैठकले हरेक वर्षको नोभेम्बर २१ तारिखलाई दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।

सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाइन्छ । सन् १९५४ देखि रङ्गिन टेलिभिजनको विकास भइ रङ्गिन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो ।

सन् १९७० को दशकमा विश्वका ६० वटा देशमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भएको हो । सन् १९७० ताका नेपालमा टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले दुई दर्जनभन्दा धेरै टेलिभिजन च्यानल नियमित प्रसारणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here