सर्वोच्चका न्यायाधिशहरुद्वारा फुलकोर्ट बैठक बोलाउन माग


२ मंसिर २०७८, बिहीबार ११:५३ मा प्रकाशित

काठमाडौं, मङ्सिर २ । प्रधानन्यायाधिशको राजीनामा माग गरिरहेका सर्वोच्च अदालतका न्यायाधिशहरुले फुलकोर्ट बैठक बोलाउन आग्रह गरेका छन् ।  बुधबार बसेको असन्तुष्ट न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि बिहीबार  फुलकोर्ट बोलाउनका लागि आग्रह गर्ने निर्णय भएको हो ।

बुधबारको बैठकमा गोला प्रथाबाट इजलास तोक्ने विषयमा १४ न्यायाधीशबीच नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको बताइएको छ । न्यायाधीशहरूले मुख्य रजिस्ट्रारलाई आजका लागि फुलकोर्ट राख्न भनिएको ती न्यायाधीशले बताए ।

रजिस्ट्रारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ । न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरु नियमावली संशोधन सम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने बताइएको छ । तर, प्रधानन्यायाधीशको राजीनामाको अडान भने कायमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here