महोत्तरी, मंसिर १ । महोत्तरीको रामगोपालपुर नगरपालिकाका नगर प्रमुख अशोक कुमार मण्डलले पार्टीका नेता एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम रहेकोले सो को खुसीयालीमा सार्वजनिक बिदा दिनु भएको छ ।
लामो समय पछि विद्यालयहरु संचालन भएको वेलामा यसरी विदा दिईएको प्रति रामगोपालपुुर नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष जितेन्द्र चौधरीका अनुसार यो सरासर गलत भएको बताउनु भयो । उहाँले भन्नु भयो “सत्तामा हुुदैमा शक्तिको दुरुपयोग गरिनु सरासरी नियम विपरित हुन्छ ”। यदी कार्यक्रम राख्नै थियो भने विदाको दिन राख्दा राम्रो हुुने अध्यक्ष चौधरीले सुुझाव दिनु भयो । नगरप्रमुख अशोक कुमार मण्डलले सूचना निकालेर प्रचण्ड आउने कार्यक्रमका लागि बुधबार नगरपालिकामा सार्वजनिक बिदा दिएको उहाँले जानकारी दिनु भयो।
रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटनका लागि प्रचण्ड रामगोपालपुर नगरपालिका आउँदै हुनुहुन्छ । आधारभूत स्वास्थ्य केन्द्रहरू तथा वडा नम्बर २,३,४,६,७,८ र ९ मा निर्माण गरिएको विचिन्न सामुदायिक भवनहरुको प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नगरप्रमुख अशोक कुमार मण्डलले पार्टीका नेता तथा कार्यकर्ता आउने भएकाले वर्षौदेखिको फोहोर रातारात सरसफाइ समेत गराउनु भएको छ ।वर्षौ पहिला नै स्मारकको बजेट निकासा भइसकेको तर काम हुन बाँकि रहेकोले प्रचण्ड पुगने कार्यक्रम रहेको छ ।
मेयर मण्डलले शक्तिको दुरुपयोग गर्दै सार्वजनिक विदा दिएको प्रति जनताहरु आक्रोसित समेत बनेका छन ।





