राति ८ बजे पछि देउसी,भैलो नखेल्न बिर्तामोड नगरपालिकाको आग्रह


१७ कार्तिक २०७८, बुधबार १७:४७ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिकाले राति ८ बजे पछि देउसी,भैलो नखेल्न नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाले बुधबार सुचना जारी गर्दै रातिको समयमा देउसी,भैलो,सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रहरु नगर्न आग्रह गरेको हो । कोरोना महामारीको प्रकोप अझै बाँकी रहेकाकारण पनि भिडभाड हुने खालका कार्यक्रमहरु गर्नु उचित नरहेको जनाउँदै नगरपालिकाले सुचना जारी गरेको हो ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले विहान दिउँसोको समयमा कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसी भैलो तथा नाचगान गर्न आग्रह गर्नु भयो ।नगरप्रमुख शिवाकोटीले नगरवासीहरुलाई शुभ दिपावली, नेपाल संवत तथा छैट पर्वको शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

सुरक्षा संवेदनशिलताकाकारण पनि रातिको समयमा देउसी भैलो लगायत मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गर्नु उचित देखिदैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here