झापा । नेपाल चलचित्रकर्मी संघ प्रदेश १ ले देउसी भैलो कार्यक्रम सुरु गरेको छ । संघले लक्ष्मी पुजाको दिन बिहीबार राती देखि प्रदेश १का विभिन्न जिल्लामा कार्यक्रम सुरु गरेको हो ।
सामाजिक गतिविधिमा सक्रिय रहेको यस संघले एम्वुलेन्स खरीदको लागि देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो । झापा,इलाम,इटहरी,धरान लगायतको क्षेत्रमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष केवल तामाङले जानकारी दिनु भयो । सबै क्षेत्रमा छुट्टाछुट्टै टोली खटिएको उहाँले बताउनु भयो ।
संघले देउसी भैलो कार्यक्रमको संयोजकमा प्रेम सुव्वा (धरान),सुवास मेचे (झापा),मनिता तामाङ (इटहरी)र मिलन खत्री (इलाम)लाई तोकेको छ । एम्वुलेन्स खरीदको पवित्र उदेश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरीएकोले यसमा सबैले साथ दिनका लागि संघका सचिव सुन्दर लाओतीले आग्रह गर्नु भयो ।
संघका अध्यक्ष तामाङले यस उदेश्यमा देश विदेशमा रहने सबै नेपालीहरुको साथ सहयोगको आवश्यक रहेको बताउनु भयो । कोरोना महामारीको समयमा दाताहरुको सहयोगमा खाद्यन्न,अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको स्मरण गर्दै उहाँले अवको योजना एम्वुलेन्स खरीद र चलचित्रकर्मीहरुको निशुल्क स्वास्य विमा रहेको जानकारी दिनु भयो ।
नेपाल चलचित्रकर्मी संघले देश विदेशमा रहने सबै नेपालीहरुमाा तिहार,छैट तथा नेपाल संवतको शुभकामना समेत व्यक्त गरेको छ ।






